काठमाडौँ — प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता, आपसी विश्वासमा वृद्धी भै राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताएका छन् ।
चीनको ६ दिने राजकीय भ्रमण पुरा गरी अाईतबार स्वेदश फर्केका प्रधानमन्त्री ओलीले त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीका तर्फबाट जारी गरिएको प्रेस नोटमा जनाइे अनुसार दवै देशबीच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटीको लागि सहयोग सम्बन्धी समझदारी पत्र एक महत्वपूर्ण दस्तावेज भएको उल्लेख छ।
उनले चीनसँग रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी पयर्टन जस्ता क्षेत्रमा भएका सम्झौताले नेपालको दीर्घकालिन आर्थिक सहयोगको खाका तयार भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल बनाउन छिमेकीसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा आफूले मित्र राष्ट्रको भ्रमण गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनफिङलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उनले उपयूक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाएका बताएका छन्।