साउदी महिलाहरु को जित,साउदी अरेबिया सरकारले महिला लाई सवारी साधन चलाउन अनुमति दियो

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

एजेन्सि :  साउदी अरेबिया सरकारले लामाे समयदेखिकाे प्रतिबन्ध फुकुवा गर्दै  महिलाहरूलाई पनि सवारी साधन चलाउन अनुमति दिएकाे छ। यससँगै महिलाहरूलारि सवारी साधन चलाउने अनुमति दिनेमा साउदी विश्वको अन्तिम देश बनेको छ।

शनिबार स्थानीय समय अनुसार मध्यरात एुटा शाही घोषणामार्फत उक्त प्रतिबन्ध हटाइेको घोषणा गरिएको थियो।
यसाघि विश्वमा महिलाहरूलाई सवारी साधन चलाउन नदिने साउदी अरेबिया एक मात्रै देश थियो।

याे स्वतन्त्रताका लागि त्यहाँका महिला लामाे समयदेखि लड्दै अाएका थिए । अधिकारको पक्षमा वकालत गर्ने धेरै महिला अधिकारकर्मीहरूलाई अघिल्लो महिना थुनामा राखिएकाले सवारी साधन चलाउन पाउने अधिकारको कार्यान्वयन शुरूमै छायामा परे जस्तो देखिन्छ।

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेश्नलका अनुसार कम्तीमा आठजना महिलाहरू थुनामा छन् र उनीहरूलाई प्रतिआतंकवादसम्बन्धी अदालतमा अभियोग दायर गरिन सक्छ। सवारी चलाएकोमा सन् १९९० मा रियादबाट दर्जनौँ महिलाहरूलाई पक्राउ गरिएको थियो। केही महिलाहरूले आफूले सवारी चलाएका भिडिओहरू सन् २००८ र सन् २०११ देखि सन् २०१४ को बीचमा पोष्ट गरेका थिए।

यसलाई राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरिरहेको देशलाई आधुनिकीकरणतर्फ डोर्‍याउने एुटा महत्त्वपूर्ण कदमका रूपमा लीएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *