गएको साता शेयर बजार मा एक अर्ब भन्दा बढीको कारोबार

अर्थ फोटो फिचर समाचार
शेयर गर्नु होला

 

राज्धानी – अति ब्येस्त र चहल्पहल् भयेको नेपाल् शेयर बजारमा गयेको साता एक अर्ब १२ करोड ३१ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको जान्कारि नेपाल स्टक एक्चेन्ज ले दियेको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल ४९ लाख ६१ हजार ११० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३४।७२ प्रतिशत कम हो । गत साता १८६ कम्पनीको ४८ लाख ६८ हजार ७० कित्ता शेयर एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार रूपैयाँमा बिक्री भएको थियो, जुन् आफै मा ठुलो उपलब्धि हो।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १४।७७ अंकले घटेर अन्तिम दिन १२१८।४६ अंकमा पुगेको छ । यसैगरी, समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २।९६ अंकले घटेर २५५।७५ अंकमा अैपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड पहिलो स्थानमा रहेको छ । सो बैंकको सात करोड ३३ लाख ६० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, शेयर संख्याका आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख ६९ हजार कित्ता शेयर कारोबार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभयेको जन्कारि छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *