अाईपिएल सट्टेबाजीको जालो नेपाल सम्म, दुई करोड ४० लाख ठगी आरोपमा एक पक्राउ

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — इन्डियन प्रिमियर लिग (अाईपिएल) क्रिकेटमा सट्टेबाजीको महानगरीय अपराध महाशाखाको टोलीले ठगी आरोपी अमृत  भन्ने नथमल अग्रवाल (नागराज) लाई शनिबार काठमाडौं पानीपोखरीबाट पक्राउ गरेको जनाएको छ।

४८ वर्षका अग्रवाल लाई इन्डियन प्रिमियर लिग (अाईपिएल) क्रिकेटमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको हो।

४८ वर्षका अग्रवाल धनुषा, जनकपुर नगरपालिका-३ काबासिन्दा हुन्। प्रहरीका अनुसार उनी हाल काठमाडौं पानीपोखरी बस्दै आएका थिए।

उनीमाथि भारतमा भएको  अाईपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी प्रलोभन देखाएर दुई करोड चालीस लाख ठगी गरी सम्पर्कविहीन भएको आरोप लागेको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *