काठमाडौँ — राजधानीमा विक्री हुने ३० मध्ये २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानी पुर्याउने कोलिफर्म नामको सुक्ष्म जीवाणुहरुको उपस्थिती फेरी फेला परेको छ ।
बबरमहलस्थित खाद्य तथा प्रविधिमातहतको केन्द्रीय प्रयोगशालाले अैतबार तयार पारेको प्रतिवेदन अनुसार, अन्तर्ाष्ट्रिय स्तरको खाद्य सुरक्षा व्यवस्थापन प्रणालीमा आधारित अैएसओ प्रमाणिकरण गरिएको सरकारी स्वामित्वको दुग्ध विकास संस्थानदेखि लिएर २२ वटा निजी तथा सामुदायिक डेरीको दूधमा कोलिफर्म फेला परेको हो ।
यसाघि यी नमुनामा सरसफाईमा प्रयोग हुनेसोडाफेला परेको थियो । बारम्बार दूध क्षेत्र सुक्ष्म जिवाणु र दूषित देखिनुले मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्ड र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यशैली प्रति प्रश्न उठेको छ ।
कृषि मन्त्री चक्रपाणी खनालको नेतृत्वमा १५ दिनाघि (जेठ २८) संकलन गरिएका ४२ वटा दूधका नमुनामा हानिकारक जीवाणु फेला परेका हुन् ।