विश्वकप :पहिलो हाफमा जापान र सेनेगल १ – १ को बाराबरीमा

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं। २०१८ विश्वकप अन्तर्गत समूह ‘एच’ को खेलमा जापान र सेनेगलको १ – १ को बाराबरी भएकाे छ । सेनेगलले एक गोलकाे सैडियो मेनले ११ अाैँ मिनेटमा एक गोल गरेका थिए । उक्त गाेल जापनकाे टाकासि इनुले (टकशी इनुइ) ले ३४ अाैँ मिनेटमा फर्काएकाे हाे ।

खेल नेपाली समयानुसार ८ः४५ मा सुरु भएको हो। जापानले कोलम्बियालाई २–१ ले हराउँदै उत्कृष्ट खेल पस्केको थियो। तर जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई अपेक्षाकृत दबावमा राख्न सकेन।

पहिलो खेलमा हात पारेको ३ अंकले जापानको आत्मविश्वास बढेको छ। पहिलो खेलमा पोल्यान्डमाथि जित निकालेको सेनेगल जारी विश्वकपमा लयमा देखिएको अफ्रिकन टिम हो। जापान विरुद्ध जित हात पारे सेनेगलको अन्तिम १६ को यात्रा सहज हुनेछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *