रसिया विश्वकप २०१८ अन्तर्गत आज हुने अन्तिम अन्तिम खेल हो, पोल्याण्ड भर्सेस कोलम्बिया।
आज सम्म मैत्रिपूर्ण खेल मात्र भएको यी दुई विच कोलम्बियाले जित निकालेको थियो । जारी विश्वकपको समुहको पहिलो खेलमा दुवै टिम पराजित भएको कारण दुवै टिमलाई आज जित्नै पर्ने दवाव धेरै छ ।
विश्वकपको अभागी टिम मानिने कोलम्बिया समुह एचको अंक तालिकाको पुछारमा छ । पोल्याण्ड एक स्थान माथि छ । दुवै टिम जितका लागि काजान एरेनामा पौने १२ बजे भिड्नेछन् ।