मेस्सीकाे आफ्ना प्रसन्शकलाई सन्देश- विश्वकप नजितीकन सन्यास लिने मनसाय छैन

खेलकुद
शेयर गर्नु होला

 

एजेन्सी ।आफ्नो ३१ौँ जन्मदिनका अवसरमा मेस्सीले विश्वकप नजितीकन खेलबाट सन्यास नलिने बताएका छन् ।

अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप उपाधि अाफ्नाे देशलारि नदिलाउन्जेल आफ्नो ‘बुट’ नथन्काउने बताएका हुन् । उनले यसलारि सपनाकै रूपमा लिएर त्याे पूरा गरिछाड्ने बताएक हुन्।

जन्मदिनकाे अवसरमा उनले अन्तर्‍ाष्ट्रय सञ्चार माध्यमसँगकाे कुराकानीमा अाफ्नाे सपना त्याग्न नसक्ने बताए। ‘अर्जेन्टिनाका लागि विश्वकप विशेष छ र मेरो लागि पनि,’ उनले भनेका छन्, ‘सबैखाले महत्वपूर्ण टुर्नामेन्ट जितिसकेको छु तर मेराे महत्वकांक्षा घटेकाे छैन बरू बढेकाे छ ।’ उनले अाफ्नाे देशका लागि गर्व गर्न लायक विश्व विजेताकाे उपाधि नदिलारि फुटबलबाट सन्यास लिने कुनै मनसाय नरहेकाे प्रष्ट पारे ।

सुरुवाती दुई खेलमा खराब नतिजा निकाले पनि अर्जेन्टिनी टिम अझै नकाऔट चरणमा पुग्न सक्ने सम्भावना जीवितै छ । समूह-डी को उपविजेता बनेमा अर्जेन्टिनाले समूह-सी को विजेतासँग खेल्नेछ। अहिले फ्रान्स समूह सी मा अगाडी छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *