विश्वकप २०१८ : फुटबलमा सोमबार हुने चार खेलहरू

खेलकुद
शेयर गर्नु होला

 

साउदी अरविया भर्सेस

ईजिप्ट नेपाली समय अनुसार पौने ८ बजे उरुग्वे भोल्गोग्राड एरेनामा साउदी अरविया र ईजिप्टको खेल हुनेछ । साउदी अरेवियाले आफनो पहिलो खेलमा आयोजना रसियासंग ५–० र दोस्रो खेलमा उरुग्वेसंग एक शून्यको पराजय भोगेको कारण कुनै पनि अंक बनाउन सकेको छैन ।साउदी अरेबियालाई आजको खेलमा जित निकाल्दा प्रतिष्ठाको विषय मात्र बन्ने छ । किनभने साउदी अरेविया अंक तालिकाको पुछारमा रहदै विश्वकपको समुह चरणमा सीमित बनिसकेको छ । समुह चरणबाट बाहिरिएको अर्को टिम ईजिप्ट पनि अवस्था उस्तै छ । उरुग्वे भर्सेस रुस, सामारा एरेना त्यस्तै सोहि समयमा हुने अर्को खेल हो

उरुग्वे भर्सेस रुस 

यो खेल अघिनै प्रिवाक्टरफाईनलमा स्थान बनाईसकेको यी दुई टिमको खेलमा समुह ए को विजेता र उपविजेताको टुङगो लाग्नेछ । यी दुईको समान ६ अंक भएपनि रुस गोल भिन्नताको आधारमा शीर्ष स्थानमा छ । होम ग्राउण्डको फाईदा रुसले लिन सक्ने देखिदा उरुग्वे प्रावधिक रुपमा बलियो टिम हो ।

ईरान भर्सेस पोर्चुगल

आजनै पौने १२ बजे दुई खेल हुदैछ । मर्डोभिया एरेनामा ईरान र पोर्चुगलको खेल सुरु हुँदा कालिनीनग्राड स्टेडियममा स्पेन र मोरोक्कोको खेल हुनेछ । समुहको पहिलो खेलमा मोरोक्कोलाई हराएको ईरान दोस्रो खेलमा भने स्पेनसग एक शुन्यले पराजित भएको थियो । ईरानले आज पोर्चुगललाई हराउन सके अन्तिम १६ मा पुग्ने सम्भावना बलियो हुनेछ । तर ईरानलाई पोर्चुगललाई हराउनु भनेको फलामको चिउरा चपाउनु सरह हुनेछ । आजको खेलमा शत प्रतिशत जित निकाल्न चाहन्छ । पोर्चुगल स्टार खेलाडी क्रिष्टियानो रोनाल्डाले सम्हालेको टिम पोर्चुगललाई पनि आजको जित निकाल्नु जरुरी देखिन्छ । बराबरी खेलेको पोर्चुगललाई शीर्ष दुईमा पर्न आजको खेल जित्न आवश्यक छ ।

स्पेन भर्सेस मोरोक्को

सन् २०१८ को उपाधि दावेदार एक मानिएको स्पेनले जारी विश्वकपमा खासै उल्लेखनीय प्रर्दशन गर्न सकेको छैन । एक बराबरी र एक खेलमा जित निकालेको स्पेन शीर्ष स्थानमा भएपनि आजको खेलमा जित निकाल्न नसके स्पेनको रुस विश्वकपको यात्रा दोधारमा हुनेछ । उता समुहको दुवै खेलमा पराजित बनेको मोरोक्को यस खेल अगावै रुस विश्वकपको यात्रा टुङगाईसकेको छ । अंक तालिकाको पुछारमा रहेको मोरोक्कोको लागि कालिनिनग्रड स्टेडियममा राति पौने १२ बजे हुने आजको खेल मात्र प्रतिष्ठाको विषय बन्नेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *