नर्सिङ लाइसेन्समा ५० प्रतिशत अनुत्तीर्ण

समाचार
शेयर गर्नु होला

 

काठमाडौ। नेपाल नर्सिङ परिषदले लिएकोे नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा करिब ५० प्रतिशतभन्दा बढी नर्स असफल भएका छन् ।

नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार लक्ष्मी राईले दिनुभएको जानकारी अनुसार शनिबार लिएको नर्सिङ लाइसेन्स परीक्षामा ४९।७८ प्रतिशत नर्स मात्र उत्तीर्ण भएका छन् ।

रजिष्ट्रार राईका अनुसार लाइसेन्स परीक्षामा सहभागी एकहजार ८११ जना नर्समध्ये ८५५ जना मात्र उत्तीर्ण भएका हुन् । नर्सिङ विषयमा अध्ययन सकिसकेपछि परिषदले लाइसेन्स परीक्षा लिने गरेको छ । चार महिना अघि लिएको परीक्षामा भने ८० प्रतिशत नर्स पास भएका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *