मलेसियामा नेपाली कामदार चढेकाे बस दुर्घटना, कम्तीमा ३६ नेपाली घाइते

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

काठमाडौँ — मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा कामदार बाेकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए ।

प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान ५:३० बजे दुर्घटना भएको हो ।

उनीहरुकाे पालुवा पेनाङ अस्पतालमा उपचार भैरहेको छ । ‘मेरो टाउकोमा सामान्य चोट लागेको छ,’ दुर्घटनामा घाइते भएका दाङका सागर मगरले भने, ‘अहिले उपचार भैरहेको छ ।’ घाइतेमध्ये अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको उनले बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *