काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बजेट विनियोजनमा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत विनियोजित बजेट र योजनामा सरकारले सर्वत्र देखिने गरी विभेद गरेको टिप्पणी गरेका हुन् ।
नवनिर्माणका सवालमा रेलमार्ग र पानी जहाजको कुरा गर्ने सरकारले ग्रामीण क्षेत्रको सामान्य पुर्वाधारका कार्यक्रममा पनि उचित ध्यान पुर्याउन नसकेको भन्दै आक्रोश पोखे ।
बाग्लुङकी सांसद छन्त्यालले बुर्तिवाङदेखि बुंगादोभान -खुनखानी- म्यादी गुर्जा बहुबर्सिय योजना, बुर्तिवाङ- बुंगादोभान- चौरबन -नजा -म्याग्दी-गुर्जासडक, बुर्तिवाङ -बुंगादोभान- बुंङखानी- मोरपानी- जलजला -म्याग्दी गुर्जासडक, बुर्तिवाङ- चाचलघाट- घोर्सा -बुढाताल- ढोरपाटन सडक निर्माणका लागि बजेट विनियोजन नभएकोमा आक्रोश पोखिन् ।
बाग्लुङकी सांसद छन्त्यालले बुर्तिवाङदेखि बुंगादोभान -खुनखानी- म्यादी गुर्जा बहुवषर्ीय योजना, बुर्तिवाङ- बुंगादोभान- चौरबन -नजा -म्याग्दी-गुर्जासडक, बुर्तिवाङ -बुंगादोभान- बुंङखानी- मोरपानी- जलजला -म्याग्दी गुर्जासडक, बुर्तिवाङ- चाचलघाट- घोर्सा -बुढाताल- ढोरपाटन सडक निर्माणका लागि बजेट विनियोजन नभएकोमा आक्रोश पोखिन् ।
‘ठूला ठूला योजना गर्छु भन्ने, रेल मार्ग पानी जहाजको सपना देखाउने, आज खुनखानीबाट गुर्जा जस्तो सडकमा एुटा पैदल मार्ग छैन । दिनरात बास बसेर त्यो गुर्जाका जनता त्यो ठाउँमा पुग्छन् । बास बस्दै गर्दा कसैलाई भालुले खाएको छ, बाघले खाएको छ । चिप्लिएर मरेका छन् । पैदलमार्ग पाएका छैनन् । त्यस्ता ठाउँका जनताले भोट हालेर बनेको दुई तिहाईको सरकारले रेलमार्ग र पानी जहाजको सपना देखेर सेवा सुविधा हुने ठाउँमा बस्ने ?’ उनले भनिन् ।
सांसद छन्त्यालले कांग्रेसले जितेको क्षेत्रमा बजेट र पुराना योजना पनि काटिएको भन्दै आक्रोश पोखिन् । उनले भनिन् ‘नेपाली कांग्रेसले गरेको कार्यक्रम सबै ढुङग्रोमा हाल्ने ? त्यहाँका जनता होइनन् ? त्यहाँका जनता रोएर बसेका छन् ।’