पहेलो हाफ मा साउदी अरबिया र ईजिप्ट१ –१ गाेलकाे बराबरि ,उरुग्वे रुस बिरुद् २-० को अग्रता

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत आज चार खेल मध्य साउदी अरबियाविरुद्ध ईजिप्ट ०–१ गाेलकाे अग्रता भएको छ ।

ईजिप्टकाे खेलमा मोहम्मद सालाहले एक गाेल गरेकाे हाे । उनले  २२ अाैँ मिनेटमा एक गाेल गर्न सफल भएको छ ।

साउदी अरेबियाले आफनो पहिलो खेलमा आयोजना रसियासंग ५–० र दोस्रो खेलमा उरुग्वेसँग एक शून्यको पराजय भोगेको कारण कुनै पनि अंक बनाउन सकेको छैन । साउदी अरेबियालाई आजको खेलमा जित निकाल्दा प्रतिष्ठाको विषय मात्र बन्ने छ ।

अर्को खेल मा उरुग्वे ले रुस बिरुद् पहिलो हाफ मा २-० को अग्रता लिएको छ। उरुग्वेका लागि लुइस स्वारेजले एक गोल गर्दा अर्को एक गोल आत्माघाति उपहार पाएको थियो।

खेलको १० औं मिनेटमा उरुग्वेका रोड्रिगो बेन्टनकुरलाई रूसका युरी गजिन्सकीले डि बक्स बाहिर फउल गरेपछि पाएको फ्रिकिकमा उरुग्वेका लुईस स्वारेजले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए।

२३ औं मिनेटमा उरुग्वेका डिएगो लासाल्टले करिब ३० याड टाडाबाट प्रहार गरेको बल रूसका डेनीस चेरिसेभको खुट्टामा लागेर आत्माघाति गोल भएपछि उरुग्वेले अग्रता दोब्बर बनाएको थियो। ३६ औं मिनेटमा रूसका इगोर स्मोलनीकोभ रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो। स्मोलनीकोभले उरुग्वेका डिएगो लासाल्टलाई फउल गरेका थिए।

यो खेल अघिनै प्रिवाक्टरफाईनलमा स्थान बनाईसकेको यी दुई टिमको खेलमा समुह ए को विजेता र उपविजेताको टुङगो लाग्नेछ । यी दुईको समान ६ अंक भएपनि रुस गोल भिन्नताको आधारमा शीर्ष स्थानमा छ । होम ग्राउण्डको फाईदा रुसले लिन सक्ने देखिदा उरुग्वे प्रावधिक रुपमा बलियो टिम हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *