काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत आज चार खेल मध्य ईजिप्टविरुद्ध साउदी अरबिया १–२ गाेलले विजयी भएकाे छ ।
साउदी अरबियाकाे सलमान अल-फराजले ४५ अाैँ मिनेटमा पेनाल्टी गाेल गरेकाे हाे , भने अर्काे गाेल सालेम अल-डोसारीले गरेका हुन् । ईजिप्टकाे खेलमा मोहम्मद सालाहले एक गाेल २२ अाैँ मिनेटमा एक गाेल गरेका थिए ।
साउदी अरेबियाले आफनो पहिलो खेलमा आयोजना रसियासंग ५–० र दोस्रो खेलमा उरुग्वेसँग एक शून्यको पराजय भोगेको कारण कुनै पनि अंक बनाउन सकेको छैन । साउदी अरेबियालाई आजको खेलमा जित निकाल्दा प्रतिष्ठाको विषय मात्र बन्ने छ ।