विश्वकपमा आज को खेल मा उरुग्वे ले रुस बिरुद् ३-० ले जितेको छ। छ। उरुग्वेका लागि लुइस स्वारेजले एक गोल गर्दा अर्को एक गोल आत्माघाति उपहार पाएको थियो। खेलको १० औं मिनेटमा उरुग्वेका रोड्रिगो बेन्टनकुरलाई रूसका युरी गजिन्सकीले डि बक्स बाहिर फौल गरेपछि पाएको फ्रिकिकमा उरुग्वेका लुईस स्वारेजले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए।
२३ औं मिनेटमा उरुग्वेका डिएगो लासाल्टले करिब ३० याड टाडाबाट प्रहार गरेको बल रूसका डेनीस चेरिसेभको खुट्टामा लागेर आत्माघाति गोल भएपछि उरुग्वेले अग्रता दोब्बर बनाएको थियो।उरुग्वे ले तेस्रो गोल दोस्रो हाफ मा गरेको हो।
३६ औं मिनेटमा रूसका इगोर स्मोलनीकोभ रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो। स्मोलनीकोभले उरुग्वेका डिएगो लासाल्टलाई फौल गरेका थिए। यो खेल अघिनै प्रिवाक्टरफाईनलमा स्थान बनाईसकेको यी दुई टिमको खेलमा समुह ए को विजेता र उपविजेताको टुङगो लाग्नेछ । यी दुईको समान ६ अंक भएपनि रुस गोल भिन्नताको आधारमा शीर्ष स्थानमा छ । होम ग्राउण्डको फाईदा रुसले लिन सक्ने देखिदा उरुग्वे प्रावधिक रुपमा बलियो टिम हो ।