काठमाडौँ —विश्वकप अन्तर्गत मर्डोभिया एरेनामा ईरान र पोर्चुगलको खेलमा पोर्चुगलले पहिलो हाफ मा ईरान बिरुद् १-० ले अग्रता लिएको छ।पोर्चुगल का लागि करिजमा ले गोल गरेका हुन्।
समुहको पहिलो खेलमा मोरोक्कोलाई हराएको ईरान दोस्रो खेलमा भने स्पेनसग एक शुन्यले पराजित भएको थियो । ईरानले आज पोर्चुगललाई हराउन सके अन्तिम १६ मा पुग्ने सम्भावना बलियो हुनेछ । तर ईरानलाई पोर्चुगललाई हराउनु भनेको फलामको चिउरा चपाउनु सरह हुनेछ । आजको खेलमा शत प्रतिशत जित निकाल्न चाहन्छ । पोर्चुगल स्टार खेलाडी क्रिष्टियानो रोनाल्डाले सम्हालेको टिम पोर्चुगललाई पनि आजको जित निकाल्नु जरुरी देखिन्छ । बराबरी खेलेको पोर्चुगललाई शीर्ष दुईमा पर्न आजको खेल जित्न आवश्यक छ ।