विश्वकप अन्तर्गत स्पेन र मोरोक्को ले विश्वकप अन्तर्गत खेल मा मोरोक्को र स्पेन ले २-२ ले बराबरि खेलेको छ।
सन् २०१८ को उपाधि दावेदार एक मानिएको स्पेनले जारी विश्वकपमा खासै उल्लेखनीय प्रर्दशन गर्न सकेको छैन ।
एक बराबरी र एक खेलमा जित निकालेको स्पेन शीर्ष स्थानमा भएपनि आजको खेलमा जित निकाल्न नसके स्पेनको रुस विश्वकपको यात्रा दोधारमा रहेको छ ।
उता समुहको दुवै खेलमा पराजित बनेको मोरोक्को यस खेल अगावै रुस विश्वकपको यात्रा टुङगाईसकेको छ । अंक तालिकाको पुछारमा रहेको मोरोक्कोको लागि कालिनिनग्रड स्टेडियममा राति पौने १२ बजे हुने आजको खेल मात्र प्रतिष्ठाको बिशय थियो ।