चितवन— नारायणगढ–मुग्लिन सडकमा फेरि पहिराे खस्दा मंगलबार बिहानैदेखि यातायात संचालन हुन सकेकाे छैन । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान पाँच बजे जलबिरे, कालिखोला लगायतका क्षेत्रहरुमा ठूलो पहिरो गएको छ ।
पहिरो हटाउँन कम्तिमा चार घण्टा लाग्ने अनुमान गरिएकाे छ। अाइतबार राति पनि३ ठाँउमा पहिरो खस्दा साेमबार दिउँसाेसम्म यातायात अबरुद्ध भएकाे थियो। साेमबार दिउँसाे यातायात संचालनमा ल्याए पनि राति पहिराे खसेरफेरि सडक अबरुद्ध भएकाे हाे।
मुख्य राजमार्ग बन्द हुँदाराजधानी र पोखराअाउन जान समस्या भएकाे छ। प्रहरीले यात्रुहरुलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ।