प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संसदलाई जानकारी गराउने

समाचार
शेयर गर्नु होला

 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संसदलाई जानकारी गराउने भएका छन्।

छिमेकी मुलुक चीनको छ दिने भ्रमण सकेर अैतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले भ्रमणका उपलब्धिबारे बिहान ११ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउन लागेका हुन्।

ओलीले सोमबार नै संसदमा सम्बोधन गर्ने भनिएपनि कार्यव्यस्तताको कारण देखाउँदै मंगलबारलाई सम्बोधन सारिएको थियो। चीन भ्रमणमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनबाट जानकारी दीसकेका छन्।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच १४ वटा महत्वपूर्ण सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *