प्रेमीसँग मिली भिरबाट खसालेर श्रीमानको हत्या

समाचार
शेयर गर्नु होला

 

कैलाली । कैलालीमा प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि घर भएकी लक्ष्मी बडेलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेकी हुन् ।

कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले तेजबहादुरसँग गत वैशाखमा मागी विवाह गरेका थिए । विवाह गरेको दुई महिन नवित्दै लक्ष्मीले यहि असार आठ गते गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमानको हत्या गरेकी हुन् ।

तेजबहादुरलाई  लक्ष्मी र प्रेमी  दीपकले भासु भिरबाट  खसालेर मारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक घिमिरेले बताए ।यही असार ८ गते श्रमान श्रीमतीसँगै ससुराली गएका थिए । ससुराली गएपछि तेजबहादुर वेपत्ता भए । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि अर्थात असार १० गते प्रहरीलाई खबर गरे । खबरपछि प्रहरीले खोज तलासी गर्दा तेजबहादुर ‘भासु भिर’ तल खसेर  मारेको अवस्थामा भेटिएको हो ।

असार आठ गते राति तेज बहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा पुर्याएर रडले टाउकोमा हानेर उनलाई भिरबाट खसालेको जिल्ला प्रहरी कार्यलय कैलालीले बताएको छ । तेजबहादुरलाई भिरबाट खसाएपछि उनी सवार म १ प ७४७७ को मोटरसाइकलसहित तल खसालेर फर्किएको प्रहरीले जानकारी दिए ।

पहिलादेखि नै प्रेम सम्बन्धमा रहेका लक्ष्मीले तेजबहादुरसँग विवाह गर्न नमान्दा नमान्दैँ घर परिवारले जर्वजस्ति विवाह गराएका थिए । प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक घिमिरेका अनुसार दीपक र लक्ष्मीले पहिलादेखि नै प्रेम सम्बन्धमा थिए । लक्ष्मीले र दीपकले पहिले नै एक अर्काको हुने कसमा खाएका थिए । तर उनीहरुको प्रेम सम्बन्धलाई घर परिवारले स्वकारेनन् । अनन्त लक्ष्मीको विवाह कञ्चनपुरका तेजबहादुर विष्टसँग विवाह गरिदिएका थिए ।

हत्यामा संलग्न दुवै जनामाथि थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *