दुई छिमेकी विरुद्ध कुनै कार्ड खेलिएको छैनः प्रधानमन्त्री ओली

समाचार
शेयर गर्नु होला

 

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका निकट दुई छिमेकी मुलुकहरु विरुद्ध कुनै कार्ड नखेलिएको बताएका छन्।

चीनको छ दिने भ्रमण बारे आज प्रतिनिधि सभामा जानकारी दिंदै प्रधानमन्त्री ओलीले भने, ‘क्षणिक हिसावले एुटाका विरुद्ध अर्को कार्ड खेल्ने काम भएको छैन।

छिमेकीसँगको सम्बन्ध तात्कालिक हितलाई हेरेर मात्र चल्दैन।’ प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबाट दुवै मुलुकसँगको सम्बन्ध सुधार भएको दावी गरे । उनले भने, ‘दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउन समझदारी बनाउने कोशिस गरेका छौं।’

‘उहाँहरुका जायत चासो र चिन्ता र सरोकारलाई हामीले बुझेका छौ’ प्रधानमन्त्री ओलीले भने, ‘दुवै छिमेकीसँग पारस्परिक सहयोगको वातावरण तय गर्न चाहन्छौ । उहाँहरुका विकास उन्नती र प्रगतिबाट लाभान्वित हुन चाहन्छौ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *