काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गर्दै आफ्नो चीन भ्रमणका उपलब्धि बारे जानकारी दिएका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति, प्रधानमन्त्री लगायत अन्य नेताले नेपालमा एतिहासिक राजनीतिक परिवर्तन भएको भन्दै खुशी व्यक्त गरेको बताए। चीनले नेपालमा राजनीतिक स्थायीत्व, सामाजिक विकास र समृद्ध नेपाल सुखी नेपाली अभियान सफल हुने विश्वास लिएको बताउँदै प्रधानमन्त्री ओलीले उक्त अभियानलाई सफल पार्न सक्दो रहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताए।
सीमावारपार प्रशारणलाइनको सम्बन्धमा पनि हस्ताक्षर भएको छ ओलीले भने। नेपाल र चीनबीच पावहन सम्झौताको विषय जुनमा बैठक बसेर टुंगाइने उनले बताए। चीनमा नेपाली बस्तुको निर्यातका लागि सहजिकरण गर्न आर्थिक तथा प्रधाविधिक सहयोग गर्ने, कारोबार बैंकिङ माध्ययमबाट गर्ने विषयमा चिनियाँ पक्ष सहमत भएको उनले बताए। सन् २०३० लाई नेपाल भ्रमणको वर्षकोरुपमा मनाउने सरकारको योजनमा सहयोग गर्न चीन सहमत भएको ओलीले बताए। हाल उपलब्ध गराउँदै आएको छात्रवृत्ति बढाउन चिनियाँ पक्ष सहमत भएको ओलीले बताए।
‘हिमाल वारपार बहुआयामीक सञ्जाल विस्तार गरेर रेलवे, सडक, बन्दरगाह, जस्ता क्षेत्रमा अगाडि बढाउने सहमति भएको छ। नेपाल र चीनको हितका लागि चौध बुंदे संयुक्त विज्ञप्ति जारी भएको बताउँदै ओलीले एसले आर्थिक सहयोगको दायरालाई फराकिलो बनाउन मदत पुग्ने बताए।’ दुवै पक्षबीच स्थल, हवाई क्षेत्रको विस्तारका लागि भएका सहमतिलाई आफुले महत्वपूर्ण उपलब्धिको रुपमा लिएको उनले बताए। कोषी, गण्डकी, कर्णाली करीडोर अध्ययनका लागि थप सहमती भएको ओलीले संसदलारि जानकारी दिए।
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दीएकाले चाडै नेपाल भ्रमण हुनेमा विश्वास लीएको उनले बताए। चिनियाँ व्यापारिहरुलाई नेपालमा लगानी गर्न आग्रह गरिएको उनले बताए।