राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत किन? : नेपाली कांग्रेसका सांसद बडु

समाचार
शेयर गर्नु होला

 

काठमाडौं- नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सम्वन्धित मन्त्रालय हुँदा हुँदै किन त्यसका निकायहरु प्रधानमन्त्री कार्यालय अन्तर्गत राखियो भन्दै प्रश्न गरेका छन्।

संसदमा बोल्दै बडुले गृहमन्त्रालय हुँदा हुँदै राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत, राजश्व अनुसन्धान विभाग, सार्वजनिक खरिद सम्वन्धि निकाय आफ्नो मातहत किन राख्नु पर्‍यो भन्दै उनले प्रश्न गरे।

उनले सबै शक्ति एकै ठाउँमा केन्द्रित गर्न खोजियो भन्दै यो गम्भिर विषय भएको बताए। १८ वटा निकायहरु आफ्नै मातहतमा ल्याउँदा शंका उत्पन्न भएको उनको भनाई छ।

यस्तै उनले भारत र चीनले त्रिदेशीय विन्दुलाई लिपु लेकमा व्यापारिक मार्ग बनाउने बारे गरेको सहमतिबारे समेत उनले प्रश्न गरे।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *