मुम्बर्इ- बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहे १० नोभेम्बरमा हुने तय भएकाे छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूको बिहे इटली वा भारतकै बैंगलोर मध्ये कुनै एक ठाउँमा हुने छ। दीपिकाको पुर्ख्यौली घर बैंगलोर हाे ।
यदि इटलीमा बिहे भएमा भारतमा रिसेप्सन पार्टी आयोजना गरिने छ। दुवै परिवारको सहमतिमा १० नोभेम्बरमा बिहेको मिति तय गरिएको हो। केही दिनाघि दीपिका सपिङ गरिरहेको अवस्थामा भेटिएकी थीर्इन्।
दीपिका र रणवीरले केही समयाघि मालदिभ्समा इंगेजमेन्ट गरेको चर्चा चलेको थियो। यसको पुष्टि भने भएको छैन। दीपिकाको जन्मदिन मनाउने भनेर उनीहरू माल्दिभ्स पुगेका थिए। एक अन्तरवार्तामा दीपिकाले आफूले कुनै पनि दिन बिहे गर्न सक्ने बताएकी थीईन्।
यो जोडी चलचित्र ‘रामलिला’ को सुटिङका क्रममा नजिकिएको थियो। पछिल्लोपटक उनीहरूले ‘पद्मावत’ मा सँगै काम गरेका थिए।