पूर्व राजा ज्ञानेन्द्रकि छोरी प्रेरणा शाह को छाउनीस्थित निवासमा नेपाल ट्रष्टले लगायो ताला

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गाको कम्पाउन्डमा बनेको घरको मूल गेटमा सरकारले ताला लगाएको छ ।

मंगलबार दिउँसो नेपाल ट्रस्टले वडा कार्यालय र नेपाल प्रहरीको रोहबरमा तालाबन्दी गरेको हो । ट्रष्टका कार्यकारी सचिव रमेश प्रसाद सिंहका अनुसार पटकपटक घर खाली गरिदिन ताकेता गर्दा पनि खाली नगरेपछि ताला लगाइेको हो ।’हामीले घर खाली गरिदन भन्दा अनेक बहानाबाजी गरिरहेपछि आज हामी पुग्यौं । हामी पुग्दा उहाँहरुले ताला लगाएर हिंडेपछि हामीले त्यही तालामाथि अर्को ताला लगाएर फर्क्यौं’ सिंहले भने ।

पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजो दिएको २ रोपनी १३ आना १ पैसा १ दाम जग्गा र त्यसमा बनेको घर नेपाल ट्रष्टमा गाभ्न २०६४ सालमा पुस १ गते सरकाले निर्णय गरेको थियो । ज्ञानेन्द्रले छोरीलाई दाइजो दिनुअघि उक्त घरजग्गा पूर्वराजा वीरन्द्रको नाममा थियो ।

सरकारको उक्त निर्णयबिरुद्ध प्रेरणाले सर्वोच्च अदालतमा त्यो जग्गा आफूले दाइजोमा पाएको र सरकारले आफूलाई थाहै नदीइ गरेको निर्णय बदर गरिपाउँ भन्दै २०७१ माघ २५ मा उनले रिट दिएकी थीइन्।

२०७३ साल पुस २१ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले बिहीबार उनको सम्पत्ति सरकारी हुने निर्णय गरेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *