रूस – आज को खेल मा डेनमार्क र फ्रान्स ले ०-० को बराबरि खेलेको छ्न्।
पहिलो हाफमा ७१ प्रतिशत बल आफ्नो पक्षमा राखेपनि डेनमार्कविरुद्ध फ्रान्सले गोल गर्न सकेन्। दुवै टोलीले पाएका केहि अवसर सदुपयोग गर्न असमर्थ रहे। डेनमार्क भन्दा बलियो देखिएको फ्रान्सका एन्टोनियो ग्रिजम्यान, ओलिभर गिरोउड, डेम्बेले र एन्गोलो कान्टेले पहिलो हाफमा गोल गर्न सकेनन्।
समुह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोरेको डेनमार्क चार अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा छ । अन्तिम १६ मा पर्न डेनमार्कले आजको खेलमा जित निकाले पक्का हुनेछ । हार भोग्ने अन्य टिमको नतिजामा भर पर्नु पर्ने हुन्छ । उता फ्रान्स भने एक खेल खेल्नु अगावै अन्तिम १६ मा स्थान बनाईसकेको छ ।