वल्डकप२०१८ अन्तरगत आज पौने १२ वजे अहिले नाइजेरिया र अर्जेन्टिना अाईसल्याण्ड र क्रोएसिया को खेल सुरु भएको छ।
नाइजेरिया भर्सेस अर्जेन्टिना
समुह चरणमा एक खेलमा पराजित एक खेलमा हार व्यहोरेको नाईजेरिया आज अन्र्जेन्टिनासग खेल्नेछ । क्रोएसियासग पराजित भएको नाईजेरियाले आईसल्याण्डलाई भने पराजित गरेको थियो । त्यसैले आज नाईजेरियाले अर्जेन्टिना विरुद्ध जित निकाले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । उता जारी विश्वकपमा निकै आलोचित बनिरहेको अर्जेन्टिना र यस टिमका खेलाडीहरुलाई जितको खोजीमा नाईजेरियासंग भिड्नेछ । पछिल्लो व्राजिल विश्वकपमा उपविजेता अजेन्र्टिनाका लागि विश्वकपमा यात्रा जारी राख्न आजको खेलमा गर या मरको अवस्थामा छ । यी दुईको खेल क्रेष्टोभसी स्टेडियममा पौने १२ वजे हुनेछ ।
आईसल्याण्ड भर्सेस क्रोएसिया
अजेन्टिना जस्तो बलियो टिमलाई बराबरीमा रोक्न सफल विश्वकपको नवप्रवेशी टोली आईसल्याण्ड नाईजेरीयासग भने पराजित भएको थियो । समुह डि उपविजेता बनेर अघिल्लो चरणमा पुग्नको लागि आईसल्याण्डले क्रोएसिया विरुद्ध जित निकाल्नु पर्नेछ । तर क्रोएसिया जस्तो लयमा देखिएको टिमलाई हराउनु आईसल्याण्डको निम्ति फलामको च्यूरा चपाउनु सरह हुनेछ । उता क्रोएसिया भने समुहको दुवै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । आईसल्याण्ड र क्रोएसियाको हालसम्म ६ पटक भेट भएको छ । जहाँ आईसल्याण्ड एक पटकमात्र जित निकाल्दा ५ जित क्रोएसियाको नामा छ । यी दुईको खेल नेपाली समय अनुसार पौने १२ बजे रोस्टोभ एरेनामा हुनेछ ।