रुस- वल्डकप२०१८ अन्तरगत आज भएको खेल मा नाइजेरिया बिरुद् अर्जेन्टिना २-१ ले जितेको छ। रुसमा जारी विश्वकपमा समुह चरण खेलमा नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाले नाइजेरियालाई २—१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
अर्जेन्टिना का कयाटेन मेस्सि ले खेल को १६ औ मिनेट मा पहिलो गोल गरेका हुन। यो बल्ड कप मा मेसि को पहिलो गोल पनि हो। योसँगै मेस्सीले अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाका लागि १०० औं गोल गरेका छन्।
दोस्रो हाफ मा नाइजेरिया ले बराबरि गोल गरे ।अर्जेन्टिनाले खेलको ५१ औँ मिनेटमा पेनाल्टीको सामना गर्नुपर्यो । जाभिएर मास्चेरानोले नाइजेरियाका खेलाडीलाई डी एरियाभित्र तानेर लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भिक्टोर मोसेसले पेनाल्टीबाट गोल गर्दै बराबरी गरेका थिए ।८६ औँ मिनेटमा ग्याब्रिएल मेर्काडोको पासमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर मार्कोस रोहोले उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले राहतको श्वास मात्रै फेरेन, विश्वकपको अन्तिम १६ मा पनि पुग्यो अर्जेन्टिनाले दोस्रो गोल गरेर खेल २-१ ले आफ्नो पक्छया मा पार्न सफल भयो।यो जित सङै दोस्रो राउन्ड मा पुगेको छ।
क्रोएसियासग पराजित भएको नाईजेरियाले आईसल्याण्डलाई भने पराजित गरेको थियो । त्यसैले आज नाईजेरियाले अर्जेन्टिना विरुद्ध जित निकाले अन्तिम १६ मा स्थान पक्का गर्नेछ ।