विश्वकप फुटबलमा बुधबार हुने चार खेलहरूःजर्मनी , स्वीडेन र ब्राजिललाई जित्नै पर्ने दबाबमा

खेलकुद
शेयर गर्नु होला

 

रूस – रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बुधबार पनि (आज) ४ खेलहरू हुँदैछन्।

समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका जर्मनी र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्दैछन्। खेल कजान एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ।

दक्षिण कोरिया भर्सेस जमर्नी

आज हुने पहिलो खेलमा जमर्नी र दक्षिण कोरिया आमने सामुन्ने हुँदै छन् । काजान एरेनामा हुने खेल पौने ८ बजे सुरु हुँदैछ । समूह चरणको खेलमा एक खेलमा जित र एक खेलमा हार व्यहोदै अंक तालिकामा तीन अंक बनाएको जमर्नीलाई अघिल्लो चरणमा पुग्नको निम्ति दक्षिण कोरियालाई हराउनु पर्नेछ । समूह एफमा दोस्रो स्थानमा रहेको जमर्नी आजको खेलमा जित ननिकाले उसको यात्रा समूह चरणमा नै टुङ्गिनेछ । उता समूहको कुनै पनि खेल नजितेको कोरियाको निम्ति आजको खेल प्रतिष्ठाको विषय मात्र बन्नेछ ।

मेक्सिको भर्सेस स्वीडेन

सोही समयमा एकाटेरिनवर्ग एरेना मेक्सिको र स्वीडेनबीचको खेल हुनेछ । ग्रुप एफको शीर्ष स्थानमा रहेको मेक्सिकोले समूह चरणको पहिलो खेलमा जमर्नीलाई र दोस्रो खेलमा दक्षिण कोरियालाई हराएको कारण स्वीडेन विरुद्ध हाबी हुने देखिन्छ तर एउटा खेलमा जित निकाल्दै ३ अंक जोडेको स्वीडेन प्रिक्वाटरफाइनलमा पुग्नको निम्ति गर या मरको स्थितिमा छ । जमर्नी र स्वीडेनको समान अंक भए पनि स्वीडेन गोल डिफेन्सको आधारमा तेस्रो स्थानमा छ ।

स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका

त्यस्तै आजै हुने तेस्रो खेलमा स्वीट्जरल्याण्डले कोस्टारिकाको विरुद्ध खेल्दै छ । अंक तालिकामा ४ अंक सहित दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डले पहिलो खेलमा ब्राजिल विरुद्ध एक एक गोलको बराबरी निकाल्दा दोस्रो खेलमा सर्वियालाई हराउँदै तीन अंक कमाएको थियो । स्वीट्जरल्याण्ड आज पनि कोस्टारिकालाई हराउँदै समूह ईको विजेता बन्न चाहन्छ । उता कोस्टारिका भने समूहकै कमजोर टिम हो । एक खेल अगावै विश्वकपको यात्रा बिट मारिसकेको कोस्टारिकाको निम्ति आजको खेल प्रतिष्ठाको विषय मात्र हुनेछ ।

सर्विया भर्सेस ब्राजिल

समूहको एक खेलमा जित र एक खेलमा हार व्यहोरेको सर्वियालाई आजको खेलमा जित निकै आवश्यक छ । आजको खेलमा जित निकाले सर्वियाको अघिल्लो चरणको लागि छनौट हुने सम्भावना बलियो हुनेछ । तर सर्विया विरुद्ध मैदानमा उत्रिदैछ ब्राजिल । उपाधि दावेदार मध्यको एक ब्राजिललाई जित्न भने सर्वियालाई निकै गाह्रो हुनेछ । सर्वियाले यदि ब्राजिललाई हराउन सके सर्विया पहिलो पटक अन्तिम १६ मा पुग्नेछ । समूहको पहिलो खेलमा स्वीट्जरल्याण्डसग बराबरीमा रोकिँदा दोस्रो खेलमा क्रोएसियालाई पराजित गरेको ब्राजिल ४ अंक सहित शीर्ष स्थानमा छ । आजको खेलमा जित ननिकाले ब्राजिललाई पनि विश्वकपमा टिक्न हम्मे पर्नेछ । सर्विया र ब्राजिलको अहिले सम्म मात्र एक पटक भेट भएको छ । जसमा ब्राजिलले सर्वियालाई एक शून्य गालले हराएको थियो । स्पार्क स्टेडियममा यी दुईको खेल पौने १२ बजे हुनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *