नारायणगढ-मुग्लिन सडकमा आज पनि पहिरो,सडक आज पनि सहज हुन गाह्रो

समाचार
शेयर गर्नु होला

 

चितवन — मंगलबार झरेको पहिरोका कारण ११ घण्टासम्म अवरुद्ध नारायणगढ मुग्लिन सडकमा आज पनि पहिरो गएर गाडी बन्द भएको छ ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार आज बिहान साढे ६ बजे चार किलोमा ठुलो पहिरो गएको हो ।

पहिरो हटाउन कम्तिमा १० बजेसम्म समय लाग्ने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। ट्रफिक प्रहरीले वैकल्पिक मार्ग अपनाउन यात्रुहरुलाई अपिल गरेको छ। हिजो मुग्लिनबाट नजिकै रहेको टोपे खोला आडको नाम्चीमा बिहान पाँच बजे गएको पहिरो अपरान्ह चार बजे मात्रै सफा भएर गाडी खुलेका थिए।

ट्राफिक प्रहरी निरीक्षक गौतमका अनुसार सडक अवरुद्ध भएपछि बाटोमा रोकिएका गाडीहरुले चार बजे बाटो खुले पनि राति अढाई बजेसम्म नारायणगढ मुग्लिन छिचोल्न सकेका थिएनन्। गाडी पुरै पार नहुँदै राति फेरि कालिखोलामा पहिरो गएको थियो। त्यसपछि चार किलो ठुलो पहिरो गएको हो।

पहिरोका कारण सोमबारदेखि नै नारायणगढ मुग्लिन सडकमा सहज रुपमा गाडी चल्न सकेका छैनन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *