प्रधानमन्त्रीले बनाए समयतालिका : कार्यकर्तालाई महिनाको दुई दिन

समाचार
शेयर गर्नु होला

 

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद, आफ्नो पार्टीका कार्यकर्ता तथा संघीय संसद्मा प्रतिनिधित्वका लागि आफ्नो समयतालिका निर्धारण गरेका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयले हरेक शुक्रबार प्रदेश सांसदलाई भेट गर्ने, हरेक शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा सहभागिता जनाउने तथा महिनामा दुई दिन आफ्ना कार्यकर्तासँग भेटघाट गर्नेगरी प्रधानमन्त्रीको समय निर्धारण गरेको छ ।

हरेक शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा सहभागिता
हरेक शुक्रबार दिउँसो ३ देखि ५ बजेसम्म सिंहदरबारमा प्रदेश सांसदसँग भेट
हरेक महिनाको १ र १५ गते ११ देखि १ बजेसम्म कार्यकर्तासँग भेटघाट

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्ताका लागि महिनाको दुई दिन समय छुट्याएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *