अवरूद्ध नारायणगढ मुग्लिन सडक खुल्यो

समाचार
शेयर गर्नु होला

 

चितवन — पहिरोका कारण बिहान साढे ६ बजेदेखि अवरूद्ध नारायणगढ मुग्लिन सडक पौने १२ बजेपछि खुलेको छ ।

मुग्लिन नजिक चारकिलोमा गएको पहिरो सफा गरेपछि दुई तर्फी रूपमा नै गाडी चल्न सुरू भएको नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

नारायणगढ मुग्लिन सडकलाई फराकिलो बनाउन ठाउँठाउँमा पहाड काटिएको छ। पहाड काटेको ठाउँमा पहिरो गएर दुख्ख दिन्छ। सोमबार पनि पहिरोले बाटो रोकेको थियो। चारकिलो आसपासमा अझै पनि पिहरो खस्ने सम्भावना रहेका कारण सजग भएर यात्रा गर्न नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ।

यो सडकमा हिजो मंगलबार पनि पहिरो गएर बिहान पाँच बजेदेखि अपरान्ह चार बजेसम्म ११ घण्टा बाटो थुनिएको थियो। हिजो बाटोमा रोकिएका गाडी पुरै पार हुन नपाउँदै आज बिहान फेरि पहिरोले दु:ख दिएको हो। पहिरो जाँदा बाटोमा जहाँपायो त्यही गाडी रोक्ने गरेका कारण पहिरोको अवरोध हटेपछि पनि सजिलोसँग गाडी चल्न सक्दैनन्।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *