काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योग्यता र क्षमताका आधारमा राजदूत नियुक्त गर्ने बताएका छन् ।
राजदुत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिवद्धता व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल-भारतबीचको सीमा समस्या समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको दावीसमेत गरेका छन् ।
नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि आवश्यक तयारीको कामलाई तीव्रता दीएको पनि उनले स्पष्ट पारे । बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका परराष्ट्र मामिला सम्बन्धी जिज्ञासाहरुको जवाफ दिदै उनले कालापानी, सुस्ता लगायतका क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न सरकारले स्थलगत सर्वेक्षणको कामलाई अघि बढाएको जानकारी दिएका छन् ।
मन्त्री ज्ञवालीले नेपालमा रेल सेवा संचालन गर्ने समझदारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको दावीसमेत गरेका छन् । उनले सरकारले वैदेशिक रोजगारीमा जानेहरुको उचित व्यवस्थापन गर्न आवश्यक पहल कदमी गर्ने लगायतका काम भैरहेको बताए ।