काठमाडौं – संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबावु पण्डितले मन्त्रालयको प्राथमिकता समृद्ध नेपाल र सुखी नेपाली रहेको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै पण्डितले उक्त लक्ष्याई हासिल गर्न बजेट दिगो विकास व्यवस्थापन तथा गुणस्तरीय सेवा प्रवाहमा बजेट केन्द्रीत भएको बताए। कर्मचारी संयन्त्रमा रहेको ढिलासुस्तिले प्रशासन संयन्त्रमा प्रभावकारी रुपमा काम हुन नसकेको बताउँदै त्यसलाई प्रभावकारी बनाइने बताए। विकास तथा समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई सफल बनाउन स्थानीय तहसँग तादम्यता मिलाउन आवश्यक रहेको उनले बताए।
मन्त्री पण्तिले संघ तथा स्थानीय तहबाट हुने नीति निर्माण तथा सेवा प्रवाहका लागि दरवन्दी र कर्मचारी व्यवस्थापनलाई कार्यन्वयन गर्ने कार्य प्रारम्भ भैरहेको बताए। सार्वजनिक प्रशासन सम्बन्धि राष्ट्रिय नीति र सदाचार नीतिलाई कार्यन्वयन गर्ने कार्य भैरहेको उनले बताए। कर्मचारी व्यवस्थापन गर्न तीनै तहमा संगठन सर्वेक्षणको कार्य सम्पन्न गरी दरवन्दी तालिका प्रदेशसँग सम्वन्य गरी व्यवस्थित गरिने बताए। संविधानले व्यवस्था गरे अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन प्रकृया प्रारम्भ गरिने बताए।
तराई मधेसका मानव सूचाङ्कमा पछाडि परेका भौतिक पूर्वाधार विकास कार्यक्रम एकीकृत रुपमा सञ्चालन गर्ने गरी तराई मधेस समृद्ध कार्यक्रम सञ्चालन गरिने मन्त्री पण्डितले धारणा राखे। समामाजिक सुरक्षा कार्यक्रम, तराई मधेस लगायतका कार्यक्रम विशेष रुपमा सञ्चालन गर्नु पर्ने उनको भनाई छ।