रुपन्देही — बधुबार प्रदेश ५ को प्रदेशसभाको बैठक प्रतिपक्षबिना नै चलेको छ । बजेट समावेशी नभएको र केही बजेट एुटै शिर्षकमा पोका बनाएर राखेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबार पनि विरोध गरेको थियो ।
वजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउंदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थितिविनै प्रदेश ५ को प्रदेश सभा वैठक शुरु भएकाे हाे । प्रदेश सभा बैठक शुरु भैरहँदा प्रदेश सभामा आएका कांग्रेसका सांसदहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् ।बैठकको सुरुमा बोल्दै नेकपाका सांसदहरु भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको दाबी गरेका छन् ।
यसाघि मुख्यमन्त्री शंकर पाेखरेल र कांग्रेस संसदीय दलका नेता पाेखरेलबीच बजेटबारे छलफल भएपनि सहमति हुन सकेन । विनियाेजित बजेटमा भएकाे सहमति कार्यान्वयन हुनपर्ने कांग्रेसले बताएकाे छ।
विपक्षी दलको विरोधका कारण मंगलबारको बैठक सूचना टाँसेर स्थगित भएको थियो। पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकारले प्रतिपक्षीको कुरा नसुने संसद र सडक दुवैमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
सत्तापक्षकै छलफलपछि प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। प्रदेश ५ का नेकपाका संसदीय दलका नेता शंकर पोखरेलले बुधबार विहान सत्ता पक्षका सबै प्रदेश सभा सदस्यलाई बजेटको विपक्षीमा नबोल्न निर्देशन दिएका थिए।