विश्व कप फुटबल : दक्षिण कोरिया र जमर्नी, मेक्सिको र स्वीडेन को खेल सुरु

खेलकुद
शेयर गर्नु होला

 

रुस : आज विश्व कप फुटबल अन्तरगत  दक्षिण कोरिया र जमर्नी. मेक्सिको र स्वीडेन को खेल सुरु भएको छ।

दक्षिण कोरिया भर्सेस जमर्नी

आज हुने पहिलो खेलमा जमर्नी र दक्षिण कोरिया आमने सामुन्ने हुँदै छन् । काजान एरेनामा हुने खेल पौने ८ बजे सुरु हुँदैछ । समूह चरणको खेलमा एक खेलमा जित र एक खेलमा हार व्यहोदै अंक तालिकामा तीन अंक बनाएको जमर्नीलाई अघिल्लो चरणमा पुग्नको निम्ति दक्षिण कोरियालाई हराउनु पर्नेछ । समूह एफमा दोस्रो स्थानमा रहेको जमर्नी आजको खेलमा जित ननिकाले उसको यात्रा समूह चरणमा नै टुङ्गिनेछ । उता समूहको कुनै पनि खेल नजितेको कोरियाको निम्ति आजको खेल प्रतिष्ठाको विषय मात्र बन्नेछ ।

मेक्सिको भर्सेस स्वीडेन

सोही समयमा एकाटेरिनवर्ग एरेना मेक्सिको र स्वीडेनबीचको खेल हुनेछ । ग्रुप एफको शीर्ष स्थानमा रहेको मेक्सिकोले समूह चरणको पहिलो खेलमा जमर्नीलाई र दोस्रो खेलमा दक्षिण कोरियालाई हराएको कारण स्वीडेन विरुद्ध हाबी हुने देखिन्छ तर एउटा खेलमा जित निकाल्दै ३ अंक जोडेको स्वीडेन प्रिक्वाटरफाइनलमा पुग्नको निम्ति गर या मरको स्थितिमा छ । जमर्नी र स्वीडेनको समान अंक भए पनि स्वीडेन गोल डिफेन्सको आधारमा तेस्रो स्थानमा छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *