रुस : विश्वकप अन्तर्गत आज को खेल को पहिलो हाफ मा दक्षिण कोरिया र जमर्नीले गोल रहित बराबरी खेलेका छन।
जमर्नीले समूह चरणको खेलमा एक खेलमा जित र एक खेलमा हार व्यहोदै अंक तालिकामा तीन अंक बनाएको जमर्नीलाई अघिल्लो चरणमा पुग्नको निम्ति दक्षिण कोरियालाई हराउनु पर्नेछ । समूह एफमा दोस्रो स्थानमा रहेको जमर्नी आजको खेलमा जित ननिकाले उसको यात्रा समूह चरणमा नै टुङ्गिनेछ । उता समूहको कुनै पनि खेल नजितेको कोरियाको निम्ति आजको खेल प्रतिष्ठाको विषय मात्र बन्नेछ ।