काठमाडौं । रसियामा जारी ‘विश्वकप २०१८’को समूह एफ तर्फको तेस्रो खेलमा मेक्सिको विरुद्ध स्वीडेनले जित हाँसिल गरेको छ । मेक्सिको विरुद्ध स्वीडेनले ३–० गोल गर्दै विजय बनेको हो ।
खेल सुरु भएको ५१ औँ मिनेटमा स्वीेडनका खेलाडी अगस्टिनसनले पहिलो गोल गर्दै अग्रता दिलाउन सफल बनेका थिए । उनले भिक्टर क्लियन्सको पासमा गोल गरेका थिए ।
त्यस्तै खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्वीडेनका ग्रान्भिस्ट माकेस्टले दोस्रो गोल गर्दै अग्रता कायम गरेका थिए । साथै खेलको ७४ औँ मिनेटमा आएर मेक्सिकोका अल्भारेसले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्दा स्वीडेन ३–० गोलले अगाडि बढ्दै जित हाँसिल गरेको हो ।
स्वीडेनका कप्तान तथा डिफेन्डर ग्रान्डभिस्ट एकै विश्वकप फुटबल प्रतियोगितामा दुई पेनाल्टी गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । सन् २००२ को विश्वकपमा स्वीडेनका फर्नान्डो हिरेरोले स्पेनविरुद्ध दुई पेनाल्टी गोल गरेका थिए ।