दक्षिण कोरियाले जर्मनी लाई २-० ले हरायो, जर्मनी समूह चरणबाट बाहिरियो

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २-० हराएको हो । दुबै गोल इन्जुरी टाइममा भएको थियो ।

अर्को खेलमा स्वीडेनले मेक्सिकोविरुद्ध तीन गोल गरेका कारण जर्मनी दबावमा आएको थियो । त्यही बेला किम युङ गोनले गोल गरे । सहायक रेफ्रीले यो गोललाई अफसाइड दिएका थिए । तर, भीएार रिभ्यूबाट गोल दीयो । झन दबावमा आएको जर्मनीका गोलकिपर निकै अगाडि बढेर खेलेको मौकामा अन्तिम मिनेटमा सन हियुङ मिनले खाली पोष्टमा गोल गरेका हुन् ।

खेलअवधिभर जर्मनीले पाएका धेरै अवसरलाई सदुपयोग गर्न सकेन्। पहिलो खेलमा मेक्सिकोसँग १–० ले स्तब्ध भएको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई २–१ ले पराजित गर्दै अघिल्लो चरण प्रवेश सम्भावना ब्युँताएको थियो। जर्मनीलाई अन्तिम १६ प्रवेश गर्न दक्षिण कोरियासँगको खेलमा जित एक मात्र विकल्प थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *