विश्व कप : सर्विया र ब्राजिल, स्वीट्जरल्याण्ड र कोस्टारिका, को खेल सुरु

Uncategorized
शेयर गर्नु होला

 

रुस :  अहिले विश्व कप फुटबल अन्तरगत सर्विया र ब्राजिल, स्वीट्जरल्याण्ड र कोस्टारिका, को खेल सुरु भएको छ।

सर्विया भर्सेस ब्राजिल

समूहको एक खेलमा जित र एक खेलमा हार व्यहोरेको सर्वियालाई आजको खेलमा जित निकै आवश्यक छ । आजको खेलमा जित निकाले सर्वियाको अघिल्लो चरणको लागि छनौट हुने सम्भावना बलियो हुनेछ । तर सर्विया विरुद्ध मैदानमा उत्रिदैछ ब्राजिल । उपाधि दावेदार मध्यको एक ब्राजिललाई जित्न भने सर्वियालाई निकै गाह्रो हुनेछ । सर्वियाले यदि ब्राजिललाई हराउन सके सर्विया पहिलो पटक अन्तिम १६ मा पुग्नेछ । समूहको पहिलो खेलमा स्वीट्जरल्याण्डसग बराबरीमा रोकिँदा दोस्रो खेलमा क्रोएसियालाई पराजित गरेको ब्राजिल ४ अंक सहित शीर्ष स्थानमा छ । आजको खेलमा जित ननिकाले ब्राजिललाई पनि विश्वकपमा टिक्न हम्मे पर्नेछ । सर्विया र ब्राजिलको अहिले सम्म मात्र एक पटक भेट भएको छ । जसमा ब्राजिलले सर्वियालाई एक शून्य गालले हराएको थियो । स्पार्क स्टेडियममा यी दुईको खेल पौने १२ बजे हुनेछ ।

स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका

त्यस्तै आजै हुने तेस्रो खेलमा स्वीट्जरल्याण्डले कोस्टारिकाको विरुद्ध खेल्दै छ । अंक तालिकामा ४ अंक सहित दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डले पहिलो खेलमा ब्राजिल विरुद्ध एक एक गोलको बराबरी निकाल्दा दोस्रो खेलमा सर्वियालाई हराउँदै तीन अंक कमाएको थियो । स्वीट्जरल्याण्ड आज पनि कोस्टारिकालाई हराउँदै समूह ईको विजेता बन्न चाहन्छ । उता कोस्टारिका भने समूहकै कमजोर टिम हो । एक खेल अगावै विश्वकपको यात्रा बिट मारिसकेको कोस्टारिकाको निम्ति आजको खेल प्रतिष्ठाको विषय मात्र हुनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *