सेन्ट पिटर्सबर्ग — निकै राहत महसुस गरिरहेका लियोनल मेसीले मंगलबार नाइजेरियासँग त्यो स्थिति भोग्नुपर्ने आस नगरेको बताएका छन् । तर आफू र टिमका साथीहरू विश्वकपको महत्त्वपूर्ण खेल जितेर अन्तिम १६ मा पुग्नेमा सधैं विश्वस्त रहेका थिए ।
मेसीले अर्जेन्टिनी सञ्चारमाध्यमसँग भने ‘हामीले थाहा थियो खेल हामीले नै जित्छौं भनेर । भगवानले हामीलाई नै सहयोग गर्छन् भन्नेमा हामी विश्वस्त थियौं, भयो पनि त्यस्तै । तर बराबरी पछि हुने कठिन परिस्थितिबारे अपेक्षा थिएन,’
भिक्टोर मोसेसको पेनाल्टी गोलमा अफ्रिकन टोलीले ५१ औं मिनेटमा खेल बराबरीमा ल्याएपछि आफ्नो टोली ‘नर्भस’ देखिएको मेसीले सुनाए ।
‘हामीले अवसरहरू सिर्जना गर्नका लागि धेरै परिवर्तन गर्यौं । आजको दिनमा महत्त्वपूर्ण भनेको खेलाडीले बहादुरी देखाउनु हो, जसले नतिजा सम्भव बनायो,’ खेलको निर्णायक क्षण त्यो बेला आयो, जब रक्षक मार्कोस रोहोले ८६ औं मिनेटमा निर्णायक गोल गरे ।अर्जेन्टिनाले अन्तिम १६ मा एकरुपको प्रदर्शन देखाउनुपर्नेछ, किनभने टोलीले फ्रान्सको सामना गर्नेछ । ‘फ्रान्ससँगको खेल चुनौतीपूर्ण हुनेछ, जितका लागि हामीले अझ जुझारु भएर खेल्नुपर्नेछ,’
उनले आफ्नो टोलीले फ्रान्सको सबै खेल हेरेको र उनीहरूको युरोपियन स्कीलबाट प्रभावित रहेको जनाएका छन् । ‘फ्रान्सेली टोलीका केही मेरा मिल्ने साथी हुन् । केही अगाडि र पछाडि खेल्नेलाई म राम्रोसँग चिन्छु ।