काठमाडौं – रुसमा जारी विश्वकप अन्तर्गत आज समूहको अन्तिम चरणको अन्तिम खेलहरू हुँदैछ । विश्वकपको समूह चरणको खेलहरू सकिनै लाग्दा रसिया विश्वकप झन् रोमाञ्चक स्थितिमा पुगेको छ । रोमाञ्चक यस अर्थमा कि विगतमा जस्तो बलियो टिम सजिलै भने अघिल्लो चरणमा पुग्न सकेका छैनन् ।
उपाधि दावेदार मानिएका टिमहरूलाई समेत अन्तिम १६ मा पुग्नको लागि समूहको अन्य खेलहरूको नतिजामा भर पर्नु परेको छ ।
सेनेगल भर्सेस कोलम्बिया
समूहको एक खेलमा जित र एक खेलमा हार व्यहोरेको सेनेगल जारी सिजन राम्रो प्रदर्शन गरिरहेको टिम हो । ४ अंक बनाएको सेनेगल अक तालिकामा दोस्रो स्थानमा छ ।आजको खेलमा हार व्यहोर सेनेगलको यात्रा यही टुङीनेछ भने कम्तीमा पनि कोलम्बियालाई बराबरीमा रोक्नु पर्नेछ । यता कोलम्बिया भने एक खेलमा मात्र जित निकाल्दै ३ अंक बनाउँदा आजको खेलमा जित निकाल्नै पर्नेछ । कोलम्बियालाई सेनेगल विरुद्ध जित निकाल्नु बाहेक अरू कुनै विकल्प छैन । सेनेगल र कोलम्बियाको यसअघि मात्र एक पटक भेट भएको छ जुन भेटमा दुवैले गोल रहित बराबरी खेलेका थिए । तर आजको सामारा एरेनामा हुने खेलमा भने कोलम्बियालाई प्रस्ट नतिजाको खाँचो पर्नेछ ।
जापान भर्सेस पोल्याण्ड
एसिया राष्ट्रलाई प्रतिनिधित्व गर्ने गरेको जापान ४ अंक बनाउँदै समूह एचको शीर्ष स्थानमा छ । जापानले समूहको पुछारमा रहेको टिम पोल्याण्डसग खेल्नेछ । जापानले पोल्याण्डलाई हराएमा समूह विजेता बन्नेछ भने हार व्यहोरेमा अघिल्लो चरणमा जानको निम्ति सेनेगल र कोलम्बियाको नतिजामा भर गुर्न पर्नेछ । भोल्गोग्राड स्टेडियममा पोल्याण्ड भने आफ्नो प्रतिष्ठा जोगाउनका निम्ति जापान उपस्थित हुनेछ । त्यसै गरी समूह जी अन्तरगत नेपाली समय अनुसार पौने १२ बजे ईल्याण्ड भर्सेस बेल्जियम र पानामा भर्से टुनिसियाको खेल हुँदैछ ।
इंग्ल्याण्ड भर्सेस बेल्जियम
समूह जी समूह चरणको दुवै खेलमा शत प्रतिशत नतिजा आफ्नो पक्षमा पारेको इंग्ल्याण्ड र बेल्जियम अन्तिम खेलमा एक अर्कासँग आमने सामुन्ने हुदैछन् । दुवै टोली रसिया विश्वकपको उपाधिको दावेदारीमा आफूलाई अब्बल देखाउने प्रयासमा हुनेछन् । दुवै टिम आजकोखेल अगावै प्रिक्वाटरफाइनमा स्थान सुरक्षित गरिसकेकोले आजको खेलले समूह जी को विजेता र उपविजेताको निर्णय हुनेछ ।
पानामा भर्सेस टुनिसिया
राति पौने १२ बजे मोर्डौभिया एरेनामा पानामा र ट्युनिसियाको खेल नै रसिया विश्वकप २०१८ को समूह चरणको अन्तिम खेल हो । समूह जी को समूह चरणमा पानामा र ट्निसियाले कुनै अङ्क जोड्न सकेको छैन । यी दुईको खेल दुवैका लागि प्रतिष्ठाको विषय मात्र बन्नेछ । यसअघि फ्रान्स, अर्जेन्टिना, उरुग्वे, पोर्चुगल, स्पेन,रसिया,क्रोएसिया, डेनमार्क लयागत अन्तिम १६ मा पुगिसकेका छन् ।