दशगजा अध्ययन : नेपाल-भारतका उच्चस्तरीय टोली स्थलगत भ्रमणमा

समाचार
शेयर गर्नु होला

 

सप्तरी। डुबान समस्याको दीर्घकालिन समाधान खोज्न नेपाल–भारत दुबै देशका उच्चस्तरीय टोलीले अध्ययन सुरु गरेका छन् ।

वर्षाको क्रममा हरेक वर्ष डुबानमा पर्ने सप्तरीको तिलाठी कोइलाडीइ गाउँपालिका नजिकको दशगजामा अनुगमन गरिएको हो। त्यसै क्षेत्रमा खाँडो खोलामा भारतीय पक्षले निर्माण गरेको बाँधका कारण हरेक वर्ष नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।

अध्ययन टोलीका सदस्य एवं जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापाले दशगजाको संरचनाका कारण नदीको बाढी थुनिएर डुबानमा पर्ने पूर्वी तराईका नदीहरुको स्थायी निकास खोजिने बनाउनुभो ।

भारतको केन्द्रीय जलसंशाधन विभागका निर्देशक अजयकुमारले पनि बाढीका कारण पूर्वी नेपालमा हुने गरेको जनधनको क्षतिलाई न्यून गर्न अध्ययनले सहयोग गर्ने दाबी गर्नुभयो । नेपाल–भारतबीच खाँडो खोला समस्या समाधानका लागि यसाघि भएका सम्झौतासमेत कार्यान्वय नभएका बेला टोलीले पुनः स्थलगत अनुगमन सुरु हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *