काठमाडौं । नेपाल वायुसेवा निगमले फ्रान्सबाट ल्याएकाे नयाँ वाइडबडी विमानकाे त्रिभुवन अन्तर्ाष्ट्रिय विमानस्थलमा स्वागत गरिएकाे छ । याे निगमले खरिद गरेकाे पहिलाेपटक वाइडबडी विमान हाे ।
‘ए ३३०–२००’ सिरिजको उक्त विमान अाज (बिहीबार) बिहान बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्ाष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानलाई पञ्चेबाजासहित स्वागत गरिएकाे छ भने नाम ‘अन्नपूर्ण’ राखिएको छ ।
निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको थियाे ।
यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ । निगमले दुई विमान हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अंेरिकी कम्पनी एेआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको हाे । दोस्रो वाइडबडी विमान पनि चाडै ल्याइने निमगले जनाएको छ ।