काठमाडौं । काठमाडौमा विहिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज विहान ९ बजेर ५२ मिनेट जादा भुकम्पको धक्का महसुस भएको हो ।
सो धक्का २०७२ बैशाख १२ कै विनाशकारी भूकम्पकाे पराकम्प रहेकोराष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।विगत केही दिन यता धादिङमा स-साना भूकम्पका धक्काहरु महसुस भैरहेको छ। मंगलबार पनि धादिङ केन्द्रविन्दु रहेर ३।८ रेक्टरको भूकम्प गएको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लाेकविजय अधिकारीका अनुसार धादिङमा महसुस गरिएको भूकम्पको धक्का २०७२ बैशाख १२ गते भएको विनाशकारी भूकम्पकै पराकम्प हो। धक्का धादिङमा मात्रै नभै अासपासका जिल्ला तथा काठमाडौंमा समेत महसुस गरिएको थियो ।
‘बैशाख १२ को भूकम्पपछिस-साना पराकम्पहरु गैइ नै रहेका छन्। यसलाई अन्यथा मान्नु हुँदैन,’ उनले भने, ‘बैशाख १२ यता साे क्षेत्र अासपास भूकम्पीय गतिविधि कहिले बढ्ने कहिले घट्ने भैरहेको छ। तर सानो भूकम्प जाँदैमा ठूलो भूकम्प अाउँछ भनेर भविष्यवाणी गर्न मिल्दैन। यो सामान्य गतिविधि हो। अात्तिनु पर्दैन।’