रुस : विश्बकप अन्तर्गत आज भैरहेको खेल को पहिलो हाफ मा सेनेगल र कोलम्बिया ले बराबरि खेलेका छन्।
समूहको एक खेलमा जित र एक खेलमा हार व्यहोरेको सेनेगल जारी सिजन राम्रो प्रदर्शन गरिरहेको टिम हो । ४ अंक बनाएको सेनेगल अक तालिकामा दोस्रो स्थानमा छ ।आजको खेलमा हार व्यहोर सेनेगलको यात्रा यही टुङीनेछ भने कम्तीमा पनि कोलम्बियालाई बराबरीमा रोक्नु पर्नेछ । यता कोलम्बिया भने एक खेलमा मात्र जित निकाल्दै ३ अंक बनाउँदा आजको खेलमा जित निकाल्नै पर्नेछ । कोलम्बियालाई सेनेगल विरुद्ध जित निकाल्नु बाहेक अरू कुनै विकल्प छैन । सेनेगल र कोलम्बियाको यसअघि मात्र एक पटक भेट भएको छ जुन भेटमा दुवैले गोल रहित बराबरी खेलेका थिए । तर आजको सामारा एरेनामा हुने खेलमा भने कोलम्बियालाई प्रस्ट नतिजाको खाँचो पर्नेछ ।