विश्बकप : पोल्याण्ड बाट १-० ले हारे पनि जापान फेयरप्लेका आधारमा अन्तिम १६

खेलकुद
शेयर गर्नु होला

 

रुस : विश्बकप अन्तर्गत आज को खेल् मा पोलेन्ड जापान बिरुद् १-० ले जितेको छ।पहिलो हाफ बराबरी खेलेका दुवै टोलीका लागि गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो ।

पहिलो हाफदेखि नै जापानलाई दबाबमा राखेको पोल्याण्डले खेलको ५९ औं मिनेटमा जान बेड्नारेकले गोल गरेर खेललाई आफ्नो पक्षमा राखेका थिए ।

जापानमाथि पोल्याण्डले जित निकालेपनि पोल्याण्ड समूह चरणबाटै बाहिरिएको छ । अंक तालिका अनुसार सेनेगलसँग समान अंक रहेको जापान फेयरप्लेको आधारमा उपविजेता बनेर अन्तिम १६को यात्रा तय गर्न भने सफल भएको छ ।

जापान र सेनेगलको समान ३ खेलबाट ४ अंक र गोल भिन्नता समेत समान शुन्य भएपछि फेयर प्लेका आधारमा जापान भाग्यमानी हुँदै नकआउट चरण प्रवेस गर्यो।

फिफा विश्वकपको इतिहासमै पहिलो पटक फेयर प्ले अंक (पहेंलो÷रातो कार्ड सामना गरेको) आधारमा निर्णय हुँदा जापानले बाजी मारेको हो। समूह चरणका तीन खेलमा सेनेगलले ६ वटा पहेंलो कार्ड सामना गरेको थियो भने जापानी खेलाडीले चार मात्र पहेंलो कार्ड पाएका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *