विश्वकप फुटबल २०१८ : पहिलो हाफ, इंग्ल्याण्ड र बेल्जियम ०-० को बराबरीमा

खेलकुद
शेयर गर्नु होला

 

रुस – विश्वकप फुटबल २०१८ अन्तर्गत आज इंग्ल्याण्ड र बेल्जियम बिच खेल भैइरहेको छ।पहिलो हाफ को खेल सकिदा सम्म इंग्ल्याण्ड र बेल्जियम ले ०-० को बराबरी खेलेका छन्।

पहिलो हाफको खेलमा अधिकांश समय इंग्ल्याण्डले बल आफ्नो नियन्त्रणमा रोखेपनि गोलकालागि भने बेल्जियमले बढी अवसर सिर्जना गरेको थियो। तर बेल्जियमले अग्रता बनाउन भने सकेको छैन। पहिलो हाफमा इंग्ल्याण्डले प्रहार गरेका कुनै पनि बल गोलपोष्टको फ्रेममा परेनन् भने बेल्जियमले गरेका तिन प्रहार इंग्ल्याण्डको गोलरक्षले बचाएका थिए।

समूह जी समूह चरणको दुवै खेलमा शत प्रतिशत नतिजा आफ्नो पक्षमा पारेको इंग्ल्याण्ड र बेल्जियम अन्तिम खेलमा एक अर्कासँग आमने सामुन्ने हुदैछन् ।

दुवै टोली रसिया विश्वकपको उपाधिको दावेदारीमा आफूलाई अब्बल देखाउने प्रयासमा हुनेछन् । दुवै टिम आजकोखेल अगावै प्रिक्वाटरफाइनमा स्थान सुरक्षित गरिसकेकोले आजको खेलले समूह जी को विजेता र उपविजेताको निर्णय हुनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *