रुस – विश्वकप फुटबल २०१८ अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ‘जी’ को ट्युनिसियाले पानामालाई २–१ ले पराजित गर्दै सान्तवना जित दर्ता गरेको छ।
मोर्डोभिया एरिना सारांस्कमा बिहीबार सम्पन्न खेलमा एक गोलले पछि परेको स्थिती उल्ट्याउदै ट्युनिसियाले २ गोल गरेको हो। ट्युनिसियाको जितमा वाबी खाज्री र बेन युशेफले एक–एक गोल गरे।
मोर्डोभिया एरिना सारांस्कमा बिहीबार सम्पन्न खेलमा एक गोलले पछि परेको स्थिती उल्ट्याउदै ट्युनिसियाले २ गोल गरेको हो। ट्युनिसियाको जितमा वाबी खाज्री र बेन युशेफले एक–एक गोल गरे।
पानामाले खेलको ३३ औं मिनेटमा आत्माघाति गोलको उपहार पाएको थियो। ट्युनिसियाका यसिनी मेरिहाले आफ्नौ पोस्टमा गोल गरेपछि पानामाले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको ट्युनिसियाका लागि खाज्रीले ५१ औं मिनेटमा बेन युशेफको पासलाई सदुपयोग गर्दै गोल गरेपछि खेल बराबरीमा ल्याएका थिए।
त्यस्तै ६६ औं मिनेटमा औसमा हाददीको क्रसमा युशेफले गोल गरेपछि ट्युनिसियाले खेलमा २–१ को अग्रता लिएको थियो। त्यसपछि निर्धारित र इन्जुरी समयमा कुनै गोल नभएपछि ट्युनिसियाले खेल आफ्नो पक्षमा पार्न सफल भएको छ।
मोर्डौभिया एरेनामा पानामा र ट्युनिसियाको बिच भएको खेल नै रसिया विश्वकप २०१८ को समूह चरणको अन्तिम खेल हो । समूह जी को समूह चरणमा पानामा र ट्निसियाले कुनै अङ्क जोड्न सकेको छैन । यी दुईको खेल दुवैका लागि प्रतिष्ठाको विषय मात्र भएको थियो।
उक्त खेल मा टुनिसिया ले पानामा लाई २-१ ले हराएको छ। आज को खेल पछी दुबइ टिम विश्वकप फुटबल २०१८ बाट बाहिरिएका छन।