रौतहटमा अपराधिक समूह र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

समाचार
शेयर गर्नु होला

 

रौतहट– रौतहटमा विहीबार राति अपराधिक समूह र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ।खुट्टा र पिठ्युमा गाेली लागेर जिल्ला अस्पतालमा ल्याइेका अपराधिक समूहका एक सदस्यकाे बाटाेमै मृत्यु भएकाे हाे। जिल्ला अस्पताल गौरका आकस्मिक कक्षका इन्चार्ज रवीन्द्र झाले मृत घोषणा गरेका छन्।

घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको छ। मृतकको सनाखत हुन सकेको छैन। राजदेवी नगरपालिकास्थित मुडवल्वा टोलको बाग्मती नदी तटबन्धमा हतियाधारी समूह पक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी र इलाका प्रहरीका डीएसपी शान्तिराज कोइरालासहितको टोली एम्बुस थापेर बसेको थियो। अनटेस्ट मोटरसाइकलमा आएका समूहलाई रोक्ने प्रयास गर्दा गोली प्रहार गरे पछि दोहोरो भिडन्त भएको हो।

घट्नास्थलबाट एकथान एसएमजी र गोलीहरु बरामद गरिएको डीएसपी कोइरालाले बताए। ‘सुरुमा पक्रने प्रयास गरेको हौ,’ उनले भने, ‘आपराधिक समुहबाट लगातार फायरिङ गर्न थाले पछि जवाफी कारबाहीमा एक जनाको मृत्यु भयो।’ मृतकको पहिचान खुलेको छैन। घट्नास्थलमा राति ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *